
विराटनगर। नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको गोहीगाडास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री प्रदान गरेको छ। विपन्न तथा असहाय वर्गका विद्यार्थीहरू अध्ययनरत सो विद्यालयका लागि परिसंघले ३१ सेट खेलकुद पोशाक हस्तान्तरण गरेको हो।
विद्यालयले गरेको अनुरोध अनुसार ३० सेट विभिन्न रङका जर्सी र प्रशिक्षकका लागि एक सेट ट्रयाकसुट उपलब्ध गराइएको छ। आइतबार परिसंघको सचिवालयमा आयोजित औपचारिक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरियो।
विद्यालयका प्रतिनिधिहरूले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यसले विद्यार्थीहरूलाई खेलकुदमा सहभागी हुन थप प्रोत्साहन र राहत मिल्ने विश्वास व्यक्त गरे।

























