अन्तर्राष्ट्रिय एबाकस च्याम्पियनसिपमा नेपाली विद्यार्थीको सफलता

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १६, शनिबार १२:०५

काठमाडौं। मलेसियाको क्वालालम्पुरमा ‘ग्लोबल एबाकस एन्ड वेदिक म्याथ्स २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। फेब्रुअरी २६ मा आयोजित यस अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाल, भारत र मलेसिया लगायतका देशका प्रतिभाशाली विद्यार्थीहरूले आफ्नो गणितीय क्षमता प्रदर्शन गरेका थिए।

यस कार्यक्रमको आयोजना साउथ एसियन डेभलपमेन्ट बैंक लिमिटेड (बेलायत), रे फाउन्डेसन (भारत), प्यासिफिक अलायन्स ग्रुप (मलेसिया) र बाल विकास एनसीएमएएस प्रालि (नेपाल) लगायतका संस्थाहरूले संयुक्त रूपमा गरेका हुन्। साउथ एसियन डेभलपमेन्ट बैंकका अध्यक्ष डा. जरिफ मेननको सभापतित्वमा भएको कार्यक्रममा मलेसिया बिजनेस चेम्बर भियतनामका पूर्व अध्यक्ष दातुक डा. एम. सिमी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नेपाली टोलीको नेतृत्व बाल विकास एनसीएमएएसका संस्थापक तथा सीईओ तेजु नेपालले गरेका थिए। प्रतिस्पर्धाका क्रममा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा प्रथम स्थान हासिल गर्न सफल भए। विद्यार्थीहरूले जटिल गणितीय समस्याहरू क्याल्कुलेटरभन्दा पनि छिटो र शुद्धताका साथ समाधान गरेर सबैलाई प्रभावित पारेका थिए।

अध्यक्ष डा. जरिफ मेननले विद्यार्थीहरूको एकाग्रता र अनुशासनको प्रशंसा गर्दै एबाकस शिक्षाले मानसिक क्षमता बढाउन ठुलो सहयोग पुर्‍याउने बताए। उनले आगामी दिनमा अझ धेरै देशहरूलाई समेटेर यस्ता प्रतिस्पर्धा आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। अन्तर्राष्ट्रिय स्तरको यस सफलताले नेपाली विद्यार्थीहरूको क्षमतालाई विश्व मञ्चमा पुनः प्रमाणित गरेको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×