
विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतपेटिका संकलनमा सहयोग पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सन विराटगर शाखालाई सम्मान गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्याब्सन विराटनगरलाई सम्मान गरेका हुन् ।
निर्वाचनको समयमा प्याब्सन विराटनगरले महानगरभित्र मतपेटिका संकलनका लागि सहयोग गरेको प्याब्सन विराटनगरका सचिव चिरञ्जीवि तिम्सिनाले जानकारी दिए । उनका अनुसार विराटनगर भित्र मतपेटिका संकलनका लागि महानगरभित्र रहेका नीजि विद्यालयतर्फबाट ३३ वटा सवारी साधन उपलब्ध गराएको थियो । मतपेटिका संकलनका लागि मोरङ जिल्लामा निजी विद्यालयकातर्फबाट ७५ वटा सवारीसाधन उपलब्ध गराइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी कट्टेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, र विश्वनीय वातावरणमा सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोग पुगेको बताए ।

























