सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३, मंगलबार १०:५६

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी १० ग्राम सुनको मूल्य मंगलबार २ लाख ६५ हजार ६९० रुपैयाँ पुगेको छ। सोमबार १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार ३४५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

Advertisement

चाँदीको मूल्यमा पनि मंगलबार वृद्धि देखिएको छ। सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ७० रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य मंगलबार ४ हजार ५७४ रुपैयाँ कायम भएको छ भने सोमबार यो मूल्य ४ हजार ५१४ रुपैयाँ रहेको थियो।

तपाइको प्रतिक्रिया
कार्की आयोगको निष्पक्षतामाथि प्रश्न, प्रतिवेदनको औचित्य अन्योलमा
मसुरोको विषयमा विवाद हुँदा महिलाको हत्या, छोरा घाइते
मोरङको बुढीगंगा गाउँपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान
झापाबाट चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सुरु
रवि लामिछाने विरुद्धको अभियोग संशोधन निर्णयमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ
देशभर हावाहुरीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
खोटाङको दिखुवा खोला पुल निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई चेतावनी
सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
संसदीय यात्राको तयारीमा रास्वपा : १८२ सांसदलाई आजदेखि विशेष प्रशिक्षण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.