एसईईको परीक्षा सुरु, उत्तर पुस्तिका परीक्षा केन्द्रमै परीक्षण हुने 

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार ०९:५२
एसईईको परीक्षा सुरु, उत्तर पुस्तिका परीक्षा केन्द्रमै परीक्षण हुने 

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ । विद्यार्थीहरूले परीक्षा व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा दिइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

कोशी प्रदेशमा परीक्षा केन्द्र व्यवस्थापनदेखि सुरक्षा, अनुगमन तथा विद्यार्थी सहजीकरणसम्मका सबै विषयमा स्पष्ट निर्देशन जारी गरिएको हुँदा विद्यार्थीहरूले सौहार्द्रपूर्ण तरिकाले परीक्षा दिइरहेको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

आवश्यकता अनुसार परीक्षा केन्द्र रहेका विद्यालयमा नर्सको व्यवस्था गरिएको छ भने नर्स उपलब्ध नभए नजिकका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सुनिश्चित गरिएको बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को उत्तर पुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गरिएको हो ।

यसअघि गोप्य रूपमा परीक्षण केन्द्र तोकी एक प्रदेशको उत्तर पुस्तिका अर्को प्रदेशमा पठाउने प्रचलन थियो । ढिलो नतिजाका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परेको गुनासोपछि यस वर्ष नयाँ व्यवस्था लागू गरिएको हो । साथै, एसईईपछि सञ्चालन हुने ‘ब्रिज कोर्स’मा रोक लगाउने निर्णय पनि गरिएको छ ।

मोरङमा १८ हजार १ सय ७५ विद्यार्थी एसईईमा सहभागी भएका छन् । परीक्षामा ९ हजार ५ छात्रा र ९ हजार  १ सय ७० छात्र  सहभागी छन् । नियमित परीक्षार्थी १७ हजार २ सय ४६ जना जसमा साधारण धारतर्फ  १६ हजार ६ सय २०, प्राविधिक धारतर्फ  ६ सय २६ जना सहभागी छन् ।

कूल परीक्षा केन्द्र ६१ मा सामुदायिक विद्यालय ५५, संस्थागत विद्यालय ६ वटा रहेका छन् । गत वर्ष २०८१ सालमा को एसईईमा १८ हजार १ सय विद्यार्थी सहभागी थिए भने ७० वटा परीक्षा केन्द्र तोकिएको थियो ।
यस वर्ष कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्र र ८० हजारभन्दा बढी परीक्षार्थी छन् । ८० हजार ९ सय १० जना परीक्षार्थी एसईईमा सहभागी हुने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय १३ सहायक कर्मचारी, १ हजार ६ सय १५ सहयोगी कर्मचारी र ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै, देशभर १ हजार ९६६ केन्द्र तोकिएका छन् । जसमा एउटा केन्द्र जापानमा पनि रहेको छ । परीक्षामा कूल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन् । तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×