
काठमाडौं । विश्व स्वास्थ्य दिवस आज (मंगलबार) परेको छ । प्रत्येक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्थापना दिवसको अवसर पारेर विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै दिवस मनाउने गरिन्छ ।



















