चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ३, बिहीबार २२:२१

विराटनगर । घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो ।

पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ । अब शनिबार हुने उपाधि भिडन्तमा सम्राटले झापा–११ को सामना गर्नेछ । रात्रिकालीन समयमा भइरहेको प्रतियोगिताको फाइनल खेल पनि शनिबार राति नै हुनेछ ।

सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे । खेलको प्यलेर अफ द म्याच सम्राटका सुरुवाती खोल गर्ने सौरभ तामाङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

खेलको ५० औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको ७ मिनेटको इन्जुरी समयमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो । इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल गरेपछि सम्राट ३–० ले विजयी भयो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु दर्शकको भरपुर साथ पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिए पनि पहिलो हाफमा केही सुन्दर अवसरहरू चुकाएको थियो । खेलको २९ औँ मिनेटमा आदित्य शाक्यको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो भने ३२ औँ मिनेटमा आशिष चौधरीले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन । चर्च ब्वाइजका स्ट्राइकर समीर तामाङ फिनिसिङमा पटक–पटक चुकेका थिए । ६७ औँ मिनेटमा समीरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२ औँ मिनेटमा सृजन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन । अन्ततः गोलका अवसरहरू सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो ।

यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो । अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.