समिति सभापतिका उम्मेदवारको टुंगो (सूचीसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १४:११

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ । सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले दुई संयुक्तसहित १० एकल समितिका लागि उम्मेदवार चयन गरेको हो ।

पार्टीले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । संसदीय समितिका सभापतिहरूको निर्वाचन शुक्रबार हुने तय भएको छ । बिहीबार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ ।

Advertisement

कांग्रेसभित्र लेखा समितिको सभापतिका लागि भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरी आकांक्षीका रूपमा देखिएका छन् । यद्यपि, कांग्रेस सभापति गगन थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई सभापति बनाउन चाहेको बुझिएको छ ।

यसअघि सिंहदरबारमै बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति पनि गरेको थियो । उक्त छलफलमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू समेत सहभागी थिए ।

रास्वपाको निर्णयसँगै संसदीय समितिका सभापति चयनको राजनीतिक प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । सभापति पदका लागि दलहरूबीच सहमति र प्रतिस्पर्धा दुवैको वातावरण बनेको छ ।

यी हुन् रास्वपाबाट सभापतिका उम्मेदवारहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.