राष्ट्रिय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १६:३६
राष्ट्रिय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा २५ औँ आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । उनका अनुसार ३३ स्वर्ण, ३३ रजत र ६६ कांस्य पदकका लागि भिडन्त हुनेछ ।

Advertisement

दुई दिने प्रतियोगितामा ७ प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टोलीबाट ३ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामै दोस्रो यु १५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगिता पनि   हुनेछ । राष्ट्रिय प्रतियोगितामा झैँ पाँचै विधामा खेल हुनेछ । १ सय ५० खेलाडीले २० स्वर्ण, २० रजत र ४० कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने दुवै प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.