अन्योलमा शैक्षिक संस्था

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार ०९:२९

काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि देशभरका विद्यालय अन्योलमा परेका छन् ।

यसअघि हरेक वर्ष वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै आएकोमा यसपटक मिति सारिएपछि वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमै समस्या देखिएको हो । मन्त्रिपरिषद्को चैत २२ गते बसेको बैठकले शैक्षिक सत्र ढिला सुरु गर्ने निर्णय गरेसँगै शैक्षिक संस्थाहरु अन्योलमा परेका छन् ।

शिक्षा मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थाका कारण यस्तो निर्णय लिनु परेको हो । तर, निर्णयको व्यावहारिक पक्ष कार्यान्वयनमा भने चुनौती देखिन थालेको छ ।

सरकारले शनिबारसँगै आइतबार पनि शैक्षिक संस्था बिदा दिने निर्णय गरेसँगै क्यालेन्डर व्यवस्थापन थप जटिल बनेको मन्त्रालय स्रोत बताउँछ । हप्तामा दुई दिन बिदा हुँदा आवश्यक पढाइ समय (क्रेडिट आवर) कसरी पूरा गर्ने भन्ने विषयमा मन्त्रालयले आन्तरिक छलफल तीव्र बनाएको छ । यसका लागि स्थानीय बिदा कटौती गर्ने र शुक्रबार पूरै समय कक्षा सञ्चालन गर्ने विकल्पका बारेमा पनि विचार भइरहेको छ ।

यद्यपि, पाठ्यक्रम विकास केन्द्रले भने क्रेडिट आवरमा ठूलो समस्या नआउने दाबी गरेको छ । केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार २०८३ वैशाख १५ देखि सुरु हुने शैक्षिक सत्र २०८४ वैशाखसम्म सञ्चालन हुने भएकाले क्यालेन्डर मिलाएर पढाइ व्यवस्थापन गर्न सकिनेछ ।

यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि नयाँ शैक्षिक सत्र सुरु भएकै दिनदेखि विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ । यसका बारेमा अन्तिम निर्णय एक–दुई दिनभित्र सार्वजनिक गरिने बताइएको छ ।

पाठ्यपुस्तक व्यवस्थापनका सन्दर्भमा भने सरकार ढुक्क देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले करिब १ करोड ७० लाख पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेको छ । विद्यार्थी संख्याअनुसार प्रदेशगत रूपमा पुस्तक वितरण भइसकेको र शैक्षिक सत्र सुरु हुँदासम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने केन्द्रको दाबी छ ।

प्रदेश कार्यालयमार्फत १ हजार २६० आधिकारिक बिक्रेताले स्थानीय तहसम्म पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था मिलाइएको छ । कक्षा १, २ र ४ का पुस्तक निजी क्षेत्रबाट छपाइ हुने भएकाले पुस्तक अभाव नहुने केन्द्रले जनाएको छ ।

सरकारको निर्णयसँगै शैक्षिक प्रणालीलाई नयाँ तालमेलमा ल्याउने प्रयास भइरहे पनि विद्यालय तहमा भने अझै स्पष्टता अभाव देखिएको छ । आगामी दिनमा मन्त्रालयले ल्याउने कार्ययोजनाले नै शैक्षिक सत्र कत्तिको सहज रूपमा सञ्चालन हुन्छ भन्ने निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×