विराट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १, मंगलबार ००:३१
विराट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस 

विराटनगर । विराटनगरमा जारी ३८ औँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ ।

विराट ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पुलिसले मछिन्द्र फुटबल क्लबलाई सडेन डेथमा हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो । दुवै टोलीले यसअघि भएका गोल्डकपको उपाधि जितेका छन् ।
पुलिसले जित निकाल्न धेरै संघर्ष गर्नु पर्‍यो । निर्धातिर ९० मिनेटमा पुलिसले मछिन्द्रभन्दा धेरै राम्रो गोलको अवसर पाए पनि सदुपयोग गर्न नसक्दा जित निकाल्न सडेन डेथको सहारा लिन बाध्य भयो ।

Advertisement

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।
सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे । गोलरक्षक शत्रुधन खेलको ‘प्लेयर अफ द म्याच’ हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलरक्षक शत्रुधन चौधरीले गोल गरे । मछिन्द्रका रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए ।

त्यसअघि खेलको २९ औं मिनेटमा धीरेन्द्र शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो । ओसेन्द्र कटवालको पासलाई सदुपयोग गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए । तर, पुलिसको त्यो खुसी धेरै समय टिक्न सकेन । खेलको ३४ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

पुलिसबाहेक अन्य विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतियोगिताबाट बाहिरी सकेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार विराटनगरको सम्राट स्पोर्टिङ क्लब र भारत झारखण्डको बिर्सा मुण्डा स्पोर्टस एकेडेमीबीच हुने ट्रस्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सुकुना माविका शिक्षक र चालक पक्राउ
चैनपुर–बसन्तपुर सडक खण्ड पहिरोले अवरुद्ध
मदन पुरस्कारको अन्तिम प्रतिस्पर्धामा १० कृति, २९८ पुस्तकबाट छनोट
विश्वकप २०३० : छ देशमा खेल, ६४ टोलीको सम्भावनाका बारेमा पनि छलफल
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन
विश्वकपमा एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, व्यक्तिगत अवार्डमा स्पेनको दबदबा
विश्वकपको आर्थिक चमत्कार : फिफाले कमायो १५ अर्ब डलर, फ्रान्स बन्यो सबैभन्दा मूल्यवान राष्ट्रिय टोली
साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको भिड
पहिचान नखुलेको सवारीको ठक्करबाट कानेपोखरीमा एक जनाको मृत्यु
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×