२९ दिनमै सार्वजनिक भयो एसईई नतिजा, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार ०६:०८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । यो नतिजा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए ।

Advertisement

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । सरकारले ३० दिनभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बोर्डले परीक्षा सकिएको २९ दिनमै नतिजा प्रकाशित गरेको हो । विगतमा एसईईको नतिजा सार्वजनिक हुन तीन महिनासम्म लाग्ने गरेको थियो ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताए । उनका अनुसार विद्यार्थीलाई लामो समय तनावमा राख्न नपरोस् भन्ने उद्देश्यले पनि मूल्यांकन प्रणालीलाई छिटो बनाइएको हो ।

यस वर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका थिए ।

नतिजाअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ । त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना रहेका छन् । २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ जना छन् भने २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको छ ।

त्यसैगरी २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी ५ हजार १९० जना रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ रहेको बोर्डले जनाएको छ । प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा धेरै ग्रेडेड विद्यार्थी बागमती प्रदेशमा रहेका छन् ।

बागमतीमा ७७ हजार ११३ विद्यार्थी उत्तीर्ण भएका छन् । कोशी प्रदेशमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, गण्डकीमा २६ हजार ५५०, लुम्बिनीमा ४४ हजार २५६, कर्णालीमा १९ हजार ९५ तथा सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन् ।

यद्यपि, यस वर्ष पनि ठूलो संख्या नन–ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । कुल १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएको बोर्डले जनाएको छ । सबैभन्दा धेरै नन–ग्रेडेड विद्यार्थी मधेश प्रदेशमा रहेका छन् । मधेशमा ३१ हजार ७२५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । त्यस प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

त्यस्तै कोशी प्रदेशमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ तथा सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी नन–ग्रेडेड भएका छन् । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा मूल्यांकनमा लापरबाही हुने तथा धेरै विद्यार्थीलाई कृत्रिम रूपमा उत्तीर्ण गराइने आशंका उठेको थियो ।

तर, परीक्षा नियन्त्रक अधिकारी शिक्षकहरूले पूर्ण इमान्दारिताका साथ मूल्यांकन गरेको दाबी गर्छन् । उनले नतिजाले नै मूल्यांकन प्रक्रियामाथिको आशंका चिरेको बताए ।

बोर्डले नन–ग्रेडेड भएका विद्यार्थीका लागि पुरक परीक्षाको मिति पनि घोषणा गरेको छ । असार १ गतेदेखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिने भएको छ । त्यस्तै, नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि १ जेठदेखि ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस पटक सामुदायिक र निजी विद्यालयको छुट्टाछुट्टै नतिजा विवरण भने सार्वजनिक गरिएको छैन । परीक्षा नियन्त्रक अधिकारीका अनुसार प्राविधिक कारणले उक्त विवरण सोमबार सार्वजनिक गर्न नसकिएको हो । साथै, ४ जीपीए ल्याउने विद्यार्थीको आधिकारिक संख्या पनि बोर्डले सार्वजनिक गरेको छैन ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×