चण्डेश्वरीका विद्यार्थीलाई निःशुल्क पोसाक, उत्कृष्टलाई नगद पुरस्कारको घोषणा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार ०७:३८

दिङ्ला । भोजपुरको षडानन्द नगरपालिका–८ स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको अनुरोधमा विद्यालयका जग्गादाता भीमबहादुर श्रेष्ठ र लोकबहादुर श्रेष्ठले करिब ३६ हजार रुपैयाँ बराबरको पोसाक सहयोग गरेका हुन् । श्रेष्ठ दाजुभाइले सहयोग गरेको पोसाक एक कार्यक्रमबीच विद्यार्थीलाई वितरण गरिएको हो ।

Advertisement

वितरण गरिएको पोसाक सेटमा विद्यालयको नाम, ठेगाना र लोगो अंकित टी–सर्ट, ट्रयाकसुट तथा ट्राउजर समावेश छन् । कार्यक्रममा पोसाकदाता भीमबहादुर श्रेष्ठ स्वयं उपस्थित भएर विद्यार्थीहरूलाई पोसाक हस्तान्तरण गरेका थिए । अर्का दाता लोकबहादुर श्रेष्ठ भने विशेष कारणवश कार्यक्रममा सहभागी हुन नसकेको जनाइएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठ, पूर्ववडाध्यक्ष किशोर किराँत, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक आकांक्षा तामाङले दुर्गम क्षेत्रमा अझै धेरै अभिभावकले आफ्ना बालबालिकाका लागि विद्यालय पोसाक किन्ने अवस्था नरहेको बताइन् ।

एउटै पोसाक पाँचै दिन लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेका विद्यार्थीलाई नयाँ पोसाकले ठूलो राहत मिलेको उनको भनाइ थियो । प्रअ तामाङका अनुसार वितरण गरिएको नयाँ पोसाक विद्यार्थीले अब हप्तामा दुई दिन लगाउने छन् ।

त्यसै अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले चालु शैक्षिक सत्रदेखि कक्षा ४ र ५ को वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीलाई क्रमशः चार हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने घोषणा गरेका छन् । स्वर्गीय पिता हर्कबहादुर श्रेष्ठ र माता नरमाया श्रेष्ठको स्मृतिमा आफ्नो कार्यकालभर उक्त पुरस्कार उपलब्ध गराइने जानकारी उनले दिए ।

अध्यक्ष श्रेष्ठले पोसाकदाता, अभिभावक तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । आफू व्यवस्थापन समितिको नेतृत्वमा आएपछि श्रेष्ठले विद्यालय सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×