गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १२:४९
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चर्चित ब्रान्ड ‘करेन्ट’ र ‘लाली’ चाउचाउका केही ब्याचहरू स्वास्थ्यका लागि हानिकारक पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा ती चाउचाउमा प्रयोग गरिएको चिल्लो पदार्थ ‘फ्याट’ को गुणस्तर नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुरूप नपाइएपछि विभागले यो कदम चालेको हो। विभागका अनुसार यशोदा फुड्स प्रालि रुपन्देहीद्वारा उत्पादित करेन्ट चाउचाउ र लाली चाउचाउ स्वास्थ्यका लागि हानिकारक पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार यी चाउचाउमा ‘एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको सीमाभन्दा बढी पाइएको छ। एसिड भ्यालु बढी हुनुको अर्थ चाउचाउमा प्रयोग गरिएको तेल गुणस्तरहीन वा पुरानो हुनु हो, जसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम विभागले उक्त ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न उत्पादकलाई आदेश दिएको छ। साथै, सोही ऐनको उपदफा (४) बमोजिम ती उत्पादनहरूको बिक्री वितरण नगर्न र नगराउन समेत महानिर्देशकको निर्देशनमा सार्वजनिक सूचना जारी गरिएको छ।

विभागले उपभोक्ताहरूलाई यी विशेष ब्याचका चाउचाउ खरिद नगर्न र बिक्रेताहरूलाई आफ्नो पसलमा रहेका मौज्दात तुरुन्त फिर्ता गर्न आग्रह गरेको छ। गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरी जनस्वास्थ्यमा खेलबाड गर्नेलाई प्रचलित कानुन बमोजिम थप कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.