
रित्तो कुवा बने रहरहरू,
आँखामा सागर बोकेर।
फुट्नै लागेको चुराझैँ तिम्रो जोवन,
पराइको हातमा छ।
हुर्कँदै गरेको कोपिलाझैँ तिम्रो बैँस,
च्यातिएको छ आफ्नै मालीबाट।
तिमी हाँस्न किन अरूकै ओठ चाहिन्छ?
तिमी रुन किन अरूकै चोट चाहिन्छ?
तर नआत्तिनू, हामी धैर्य भएर बसिरहेका छौँ,
छायाझैँ- जुन तिम्रै साथमा छ।
तिम्रो मर्म बुझ्छ,
तिम्रो दुःख बुझ्छ,
केवल बोल्न सक्दैन।



















