पहिरोले विद्यालयमा क्षति

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १०:४४

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा मंगलबार राति परेको अविरल असिनापानीपछि खसेको पहिरोले डाँफे आधारभूत विद्यालयको भवनमा क्षति पुर्‍याएको छ ।

पहिरोसँगै विद्यालय भवन मात्र नभई स्थानीयका खेतबारी र गोठसमेत प्रभावित भएका छन् । स्थानीय छक्कबहादुर तामाङका अनुसार अचानक परेको असिनासहितको वर्षापछि पहिरो खसेको हो ।

Advertisement

पहिरोले विद्यालय भवनमा माटो र ढुंगा थुपार्दा संरचना क्षतिग्रस्त भएको छ । विद्यालय प्रयोग गर्न नसकिने अवस्थामा पुगेको बताइएको छ ।

पहिरोले चङ्खेली–५ का वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पनि पुरिएको छ । गोठमा रहेका भेडाबाख्रामा समेत क्षति पुगेको प्रारम्भिक जानकारी छ । यद्यपि, क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ ।

हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर खड्काका अनुसार प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । उनले क्षतिको यकिन विवरण संकलन भइरहेको बताए । भौगोलिक रूपमा विकट नेप्का गाउँ सदरमुकाम सिमकोटदेखि करिब पाँच घण्टा पैदल दूरीमा पर्छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×