युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०८:०९

काठमाडौं । नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती आज (शनिरबा) देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ ।

विक्रम संवत १९६९ जेठ ९ गते ओखलढुंगा बजारमा जन्मिएका श्रेष्ठलाई नेपाली स्वच्छन्दतावादी काव्यधाराका अग्रणी व्यक्तित्वका रूपमा लिइन्छ । उनी बहुभाषी साहित्यकार थिए । उनले आफ्नो साहित्य सिर्जनालाई सामाजिक चेतना र भावनात्मक अभिव्यक्तिसँग जोडेर प्रस्तुत गरेका थिए ।

Advertisement

श्रेष्ठलाई नेपाली साहित्यमा ‘युगकवि’ र नेपाल भाषामा ‘कविरत्न’को उपाधि दिइएको छ । कविता, गीत, खण्डकाव्य, नाटक, निबन्ध तथा यात्रा संस्मरणलगायत विविध विधामा उनले उल्लेखनीय योगदान दिएका छन् । उनको ‘मेरो प्यारो ओखलढुंगा’, ‘जुनकिरी’, ‘निर्झर’, ‘भीमसेन थापा’जस्ता रचनाहरू विशेष चर्चित छन् ।

त्यस्तै, उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ तथा खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’ र ‘आँसु’ साहित्यिक दृष्टिले महत्वपूर्ण कृति मानिन्छन् । साहित्यिक योगदानको कदरस्वरूप उनले भूकम्प तक्मा, त्रिभुवन पुरस्कार, रत्नश्री सुवर्ण पदक, पृथ्वी प्रज्ञा पुरस्कार, वेधनिधि पुरस्कारसहित गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट लगायत विभिन्न सम्मान प्राप्त गरेका थिए ।

श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो । युगकवि श्रेष्ठको जन्मजयन्तीका अवसरमा साहित्यिक संघसंस्था तथा पाठकहरूले विभिन्न कार्यक्रममार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.