इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०७:१०

एजेन्सी । इरानमाथि अमेरिका र इजरायलले गरेको हमलाले खाडी क्षेत्रमा दशकौँदेखि कायम अमेरिकी सुरक्षा साझेदारीलाई गम्भीर संकटमा पुर्‍याएको छ । इरानलाई कमजोर बनाउने रणनीति उल्टै अमेरिकाकै प्रभाव घटाउने दिशामा गएको विश्लेषण हुन थालेको छ ।

साउदी अरब, यूएई, कतार, बहराइन, कुवेत र ओमानजस्ता खाडी देश दशकौँदेखि अमेरिकी सुरक्षा छातामुनि थिए । तेल र ग्यासको सुरक्षा, सैन्य अड्डा, हवाई रक्षा प्रणाली र गुप्तचर सहकार्य अमेरिकासँगको सम्बन्धका मुख्य आधार थिए । तर, पछिल्लो युद्धपछि अमेरिकी सैन्य शक्तिमाथिको विश्वास कमजोर बनेको छ ।

Advertisement

इरानले अमेरिकी सैन्य बेस र ऊर्जा संरचनालाई निसाना बनाएपछि खाडी देशमा असुरक्षा बढेको छ । अमेरिकी अत्याधुनिक रक्षा प्रणालीले आफ्नै सैन्य अड्डा जोगाउन नसकेको भन्दै अहिले खाडी देशभित्रै अमेरिकी सुरक्षा मोडलमाथि प्रश्न उठ्न थालेको छ ।

साउदी अरबले हमलाका बेला अमेरिकालाई आफ्नो आकाश प्रयोग गर्न नदिएको घटनाले पनि सम्बन्धमा दूरी बढेको संकेत गरेको छ । यता यूएईमाथि इरानी आक्रमण जारी रहँदा कतार, बहराइन र कुवेतसमेत सम्भावित जोखिममा परेका छन् ।

दोस्रो विश्वयुद्धपछि बेलायती प्रभाव कमजोर बन्दै जाँदा अमेरिकाले खाडी क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको थियो । तेल सुरक्षाको बदलामा सैन्य सुरक्षा दिने नीतिअनुसार अमेरिकाले खाडी राजतन्त्रसँग गहिरो सम्बन्ध बनाएको थियो । सन् १९४५ मा अमेरिकी राष्ट्रपति फ्र्यांक्लिन डी रुजबेल्ट र साउदीका राजा अब्दुलअजिजबीच भएको भेटलाई यही सम्बन्धको सुरुवात मानिन्छ ।

पछि शीतयुद्ध, इरानको इस्लामिक क्रान्ति, अफगानिस्तानमा सोभियत हस्तक्षेप र इराक युद्धले अमेरिकालाई खाडी क्षेत्रमा अझ बलियो सैन्य उपस्थितिको अवसर दियो । खाडी देशले पनि आफ्नो सत्ता जोगाउन अमेरिकी सुरक्षा रोजे ।

तर, अहिले परिस्थिति फेरिएको छ । इरानले अमेरिकी सैन्य उपस्थिति नै आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको छ । अमेरिकी सैन्य बेस र ऊर्जा पूर्वाधारमाथि आक्रमण भएपछि खाडी देशको अर्थतन्त्रसमेत प्रभावित भएको छ ।

अर्कोतर्फ, इरानले स्ट्रेट अफ होर्मुजमा नियन्त्रण बलियो बनाउने रणनीति अघि बढाएको छ । विश्वको ठूलो तेल व्यापार यही समुद्री मार्गबाट हुने भएकाले यसले खाडी देश मात्रै नभएर चीन, भारत र युरोपसम्म असर पार्ने खतरा बढेको छ ।

युद्धपछि खाडी देशहरु वैकल्पिक सुरक्षा साझेदारीतर्फ पनि अघि बढ्न थालेका छन् । साउदी अरबले टर्की र पाकिस्तानसँग सैन्य सहकार्य विस्तार गरिरहेको छ भने यूएई इजरायलसँग नजिकिएको देखिन्छ । तर, इजरायलसँगको निकटताले यूएईलाई इरानी निशानामा पार्ने जोखिम पनि बढाएको छ ।

विश्लेषकहरूका अनुसार अहिलेको युद्धले खाडी क्षेत्रमा ४० वर्षदेखि बनेको अमेरिकी सुरक्षा संरचनालाई सबैभन्दा ठूलो चुनौती दिएको छ । अमेरिकामाथिको निर्भरता घट्दै जाँदा अब खाडी देशले भविष्यको सुरक्षा रणनीति कसरी बनाउँछन् भन्ने प्रश्न सबैभन्दा पेचिलो बनेको छ ।

तपाइको प्रतिक्रिया
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने‘भदौ २४ को घटनामा सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
कोशीका राज्यमन्त्री सवार गाडीलाई विराटनगरमा भ्यानले दियो ठक्कर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.