हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार १२:०८

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीलाई एक तह बढुवा दिइने भएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निमदिकी शेर्पालाई तत्काल बढुवा प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै, सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई आवश्यक सेवा अवधि पूरा भएपछि हवलदार पदमा बढुवा गरिने भएको छ ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै महिला आरोहीलाई बधाई दिँदै उनीहरूले राष्ट्र र संगठनको झण्डा विश्वको सर्वोच्च शिखरमा फहराएर गौरव बढाएको बताए ।

उनले कठिन परिस्थितिमा समेत उच्च आत्मबलका साथ हिमाल आरोहण सम्पन्न गर्नु सशस्त्र प्रहरी संगठनकै लागि प्रेरणादायी उपलब्धि भएको उल्लेख गरे । यस्तो सफलताले संगठनभित्र कार्यरत अन्य सुरक्षाकर्मीमा पनि उत्साह र आत्मविश्वास थपिएको उनको भनाइ थियो ।

सम्मान कार्यक्रममा निमदिकी शेर्पा र अनिता कार्कीले सगरमाथामा राष्ट्र र संगठनको झण्डा फहराउन पाउनु आफ्नो जीवनकै गौरवपूर्ण क्षण भएको प्रतिक्रिया दिएका थिए । सफल आरोहणका लागि सहयोग गर्ने सम्पूर्णप्रति उनीहरूले आभार व्यक्त गरेका छन् ।

अनिता कार्कीले जेठ ३ गते बिहान सगरमाथा आरोहण गरेकी थिइन् भने निमदिकी शेर्पाले सोही दिन सगरमाथा र भोलिपल्ट लोत्से हिमालसमेत सफलतापूर्वक आरोहण गरेकी थिइन् । सशस्त्र प्रहरी बल नेपालको इतिहासमा सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला कर्मचारी बनेका छन् ।

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.