एसईई ‘टपर’लाई ल्यापटप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार ०६:२६

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ ।

गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने तथा प्रविधिमैत्री शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित सम्मान कार्यक्रम आयोजना गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँपालिका अध्यक्ष थामबहादुर राईले मेहनती र अनुशासित विद्यार्थीलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार आधुनिक प्रविधिसँग जोडेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न योजना अघि बढाइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दा अन्य विद्यार्थीमा समेत सकारात्मक सन्देश जाने बताए । उनले आगामी वर्षमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

गाउँपालिकाले पछिल्ला वर्षमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, शिक्षक क्षमता विकास तथा विद्यार्थी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.