‘रोड टु युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली बने रवीन्द्र

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १८:५८
‘रोड टु युएफसी’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली बने रवीन्द्र

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) का उदीयमान तारा रवीन्द्र ढाँटले विश्वको सबैभन्दा प्रतिष्ठित फाइटिङ मञ्च  ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) को यात्रामा नयाँ इतिहास रचेका छन् ।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार सम्पन्न  ‘रोड टु युएफसी’ सिजन–५ को क्वाटर फाइनल भिडन्तमा फिलिपिन्सका अनुभवी फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यो सफलतासँगै  ‘बझाङको बाघ’ उपनामले चिनिने २७ वर्षीय रवीन्द्र  ‘रोड टु युएफसी’ को सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

ब्यान्टमवेट विधाको यस प्रतिस्पर्धामा रवीन्द्रले खेलको सुरुवातदेखि नै फिलिपिनी फाइटरमाथि कडा दबाब बनाएका थिए । हजारौँ नेपाली समर्थकहरूको  ‘हुटिङ’ र उत्साहका बीच उनले दोस्रो राउन्डमा विपक्षीलाई पाखा लगाउँदै आफ्नो व्यावसायिक एमएमए करियरको १० औँ जित दर्ता गरे । अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन भएर आएका किम्बर्टलाई रवीन्द्रको आक्रामक शैली र प्राविधिक सन्तुलनले निरुत्तर पारेको थियो ।

अब सेमिफाइनलमा रवीन्द्रले जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । यदि यस तौल समूहमा उनी च्याम्पियन बनेमा विश्वकै सबैभन्दा ठुलो एमएमए मञ्च  ‘युएफसी’ को मुख्य स्टेजमा खेल्ने आधिकारिक सम्झौता पाउने पहिलो नेपाली खेलाडी बन्ने छन् ।

रवीन्द्रको यो ऐतिहासिक सफलता जति लोभलाग्दो छ, त्यसपछाडिको संघर्ष उति नै मार्मिक र प्रेरणादायी छ । २०५५ साल मंसिर १५ गते बझाङको दुर्गम बित्थडचिर गाउँपालिकामा जन्मिएका रवीन्द्रको बाल्यकाल अभावै–अभावमा बितेको थियो ।

अत्यन्तै न्यून आर्थिक अवस्था र बिरामी बुवाको उपचारको जिम्मेवारी काँधमा आएपछि उनी कलिलै उमेरमा भारतमा श्रमिकको रूपमा काम गर्न बाध्य भएका थिए । परिवारले उनले कुनै प्राविधिक जागिर वा मजदुरी गरोस् भन्ने चाहेको थियो । एमएमए जस्तो जोखिमपूर्ण खेलमा भविष्य नदेख्ने परिवारको दबाबका कारण उनले लामो समयसम्म आफ्नो प्रशिक्षण र खेलप्रतिको लगावलाई गोप्य राखेरै अगाडि बढे ।

सन् २०१९ मा भारतमा भएको एमेच्योर राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि मात्र रवीन्द्रको प्रतिभाले चर्चा पाउन थाल्यो । त्यसपछि उनले भारतको प्रसिद्ध  ‘मेट्रिक्स फाइट नाइट’ (एमएफएन) मा भारतीय फाइटरलाई नकआउट गर्दै च्याम्पियन बनेर आफ्नो क्षमता प्रमाणित गरे ।

सुरुमा खेलको विरोध गर्ने परिवार पनि उनको निरन्तरको सफलता र राष्ट्रप्रतिको योगदान देखेपछि अहिले उनको सबैभन्दा ठुलो समर्थक बनेको छ ।

मकाउको रिङमा इतिहास रच्दै गर्दा रवीन्द्रले यसको सम्पूर्ण श्रेय आफ्नो टिम र नेपाली समर्थकहरूलाई दिएका छन् । अभाव र पीडाको भुमरीबाट निस्किएर विश्व मञ्चमा नेपालको झन्डा फहराउने रवीन्द्र ढाँटको यो यात्रा नेपाली खेलकुद इतिहासकै एक स्वर्णिम अध्याय बन्न पुगेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×