उर्लाबारीका विद्यालय आइतबार पनि खुल्ने, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १३:३१

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबार पनि सञ्चालन गर्ने निर्णय लिएको छ ।

आइतबार विद्यालय खुले पनि पठनपाठन भने हुने छैन । पठनपाठन नगरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरी विद्यालय खोल्ने निर्णय नगर कार्यपालिकाले गरेको हो ।

Advertisement

मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते शैक्षिक सत्र २०८३ देखि विद्यालयमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, दुई दिने बिदाका कारण विद्यार्थीहरूको शैक्षिक पठनपाठन र अतिरिक्त क्रियाकलापमा कमी आएको भन्दै नगरपालिकामा लिखित तथा मौखिक गुनासा प्राप्त भएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेले बताए ।

उनका अनुसार लामो बिदाका कारण बालबालिकामा मोबाइल, टेलिभिजन तथा अन्य डिजिटल सामग्रीको अत्यधिक प्रयोग बढेको र त्यसले मानसिक रूपमा नकारात्मक असर पार्न थालेको अभिभावक तथा सरोकारवालाले गुनासो गरेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै उर्लाबारी नगर कार्यपालिकाको जेठ १९ गते बसेको बैठकले असार १ गतेदेखि लागू हुने गरी आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइतबारका दिन नियमित पठनपाठन भने नहुने र खेलकुद, सिर्जनात्मक गतिविधि, सांस्कृतिक कार्यक्रम, अतिरिक्त कक्षा तथा अन्य सह–शैक्षिक क्रियाकलाप सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको काफ्लेले बताए ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×