सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १५:५९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको कुनै उद्देश्य नभएको स्पष्ट पारेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

छलफलका क्रममा परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले आरोपितको कुरा नसुनी पक्राउ गर्ने प्रवृत्ति अन्त्य गर्न र अग्रिम जमानतको कानुनी व्यवस्था गर्न माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले निजी क्षेत्र देश विकासको महत्त्वपूर्ण साझेदार भएको बताउँदै सरकारले व्यवसायीलाई साथमै लिएर अघि बढ्ने आश्वासन दिए ।

प्रधानमन्त्री शाहले निजी क्षेत्रका समस्या समाधानका लागि विज्ञसहितको समिति गठन गर्ने र नीतिगत तथा प्रक्रियागत अवरोधहरू हटाउने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरूलाई आफ्ना विशिष्ट समस्याहरू स्पष्ट रूपमा ल्याउन आग्रह गर्दै लगानीमैत्री वातावरण निर्माण र रोजगारी सिर्जनामा सरकार सकारात्मक रहेको बताए ।

सरकारसँगको यस सकारात्मक संवादपछि निजी क्षेत्रका प्रतिनिधिहरू उत्साहित देखिएका छन् । छलफलमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, परिसंघका राजेशकुमार अग्रवाल र चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल लगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
मेयरसहित १३ जनाविरुद्ध मुद्दा
मौद्रिक नीतिपछि नेप्सेमा दबाब, लगानीकर्ताको निराशाले ३० अंकको गिरावट
ट्रपले गरे युद्धविराम अन्त्यको घोषणा
सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै
‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित
विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु
एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…
विराटनगरमा गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता
माइतीघरमा करेन्ट लागेर विराटनगरकी सञ्जुको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.