संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १३:४०

काठमाडौं । संविधान संशोधनसम्बन्धी सरकारी कार्यदलबाट राजनीतिक दलहरूको बहिर्गमनको क्रम तीव्र बनेको छ । पछिल्लो नेकपा (एमाले)ले पनि आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असिम शाहलाई पत्र पठाउँदै कार्यदलको कामकारबाहीप्रति गम्भीर असहमति जनाएका हुन् । एमालेका तर्फबाट कार्यदलमा डा. भीष्म अधिकारी सहभागी थिए । एमालेले संविधान संशोधन कार्यदलको नियतमा प्रश्न उठाएको छ ।

एमालेले संविधान संशोधनका विषय स्पष्ट रूपमा निर्धारण नगरिएको, वर्तमान संविधानको आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण अस्पष्ट रहेको तथा बहसमा ल्याइएका केही प्रस्ताव संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको जनाएको छ । पार्टीले संविधानका आधारभूत मूल्य र संरचनालाई थप सुदृढ बनाउँदै व्यावहारिक कमजोरी मात्र सच्याउनुपर्ने आफ्नो धारणा दोहोर्‍याएको छ ।

यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले पनि कार्यदल बहिष्कार गरिसकेका छन् । ती दलबाट प्रतिनिधिहरू क्रमशः देवप्रसाद गुरुङ, सुरेन्द्र झा, लक्ष्मणलाल कर्ण र मनोज भट्ट थिए । उता नेपाली कांग्रेसले सुरुदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन ।

संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन भइरहेको हो । एमालेसहित पाँच दल कार्यदलबाट बाहिरिएसँगै सरकारले तयार पार्न लागेको संविधान संशोधन प्रतिवेदनको वैधता र सर्वस्वीकार्यतामाथि थप प्रश्न उठेको छ ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.