
विराटनगर । सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा १४ वर्षीय किशोर मोहम्मद सादिकको शव बाेकेर भागिरहेका २८ वर्षीय भारतीय नागरिक मो. सादर नट पक्राउ परेका हुन् ।
बीआर–३२ बी–९७६४ नम्बरको मोटरसाइकलमा शव राखेर करिब ११ किलोमिटर टाढा फाल्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार छन् ।
दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।



















