सांसदहरूलाई पुनः स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १४:३७

काठमाडाैं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गर्दै पुनः स्वकीय सचिवकाे सुविधा उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमका अनुसार विगतमा खर्च कटौतीका नाममा खारेज गरिएको यो सुविधा सांसदहरूको निरन्तरको मागपछि फेरि कायम गरिएको हो ।

याे निर्णयसँगै अब प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५९ जना सांसदहरूले स्वकीय सचिवको सुविधा पाउनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.