इमाडाेलमा सडक भासियाे, घर र पसलमा क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार १२:०५

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल क्षेत्रमा सडक भासिएको छ । करिब १५ मिटर सडक भासिदा किनारसँगै जोडिएका  घर र व्यापारिक स्टलहरुमा समेत क्षति पुगेको छ ।

करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको बताए । उनका अनुसार केही दिनअघिदेखि नै सडक किनारमा चिरा देखिएर भत्किन सुरु गरेको थियो । तर हिजो झन् धेरै भत्किएको उनले बताए ।

Advertisement

उनले यसबारे महालक्ष्मी नगरपालिकालाई जानकारी गराइएको र मर्मतको आश्वासन पाएको जानकारी दिए । सडक भत्किएको स्थान साविकको इमाडोल गाविसको तीन नम्बर वडा कार्यालयको मन्दिर नजिकै पर्दछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×