शैक्षिक परामर्श नियमावलीप्रति बिर्तामोड उद्योग वाणिज्य संघको आपत्ति 

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार १४:११
 शैक्षिक परामर्श नियमावलीप्रति बिर्तामोड उद्योग वाणिज्य संघको आपत्ति 

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको  ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ का कतिपय व्यवस्थाप्रति बिर्तामोड उद्योग वाणिज्य संघले गम्भीर असन्तुष्टि जनाएको छ । संघले नयाँ नियमावलीका प्रावधानहरूले वर्षौंदेखि सञ्चालनमा रहेका शैक्षिक परामर्श व्यवसायलाई धराशायी बनाउने भन्दै तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै पर्याप्त अध्ययन, निजी क्षेत्रसँगको परामर्श र सरोकारवालासँग संवाद नगरी ल्याइएको नियमावली अव्यवहारिक भएको ठहर गरेको छ । संघका अनुसार नयाँ व्यवस्थाले वैधानिक रूपमा सञ्चालित शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षालाई थप जटिल, खर्चिलो र निरुत्साहित बनाउने जोखिम बढेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा सञ्चालित यस्ता संस्थाहरूले विद्यार्थीलाई गुणस्तरीय परामर्श र भाषा सीप विकासमा मात्र नभई हजारौँ युवालाई रोजगारी प्रदान गर्न, वैदेशिक मुद्रा आर्जन गर्न र राज्यलाई कर बुझाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर, नयाँ नियमावलीले निजी क्षेत्रको यो लगानी र योगदानलाई उपेक्षा गरेको छ ।’

संघले विशेष गरी नियमावलीमा समेटिएका धरौटी रकम, पूर्वाधारसम्बन्धी मापदण्ड, संस्थाको वर्गीकरण, अनुमति तथा नवीकरण प्रक्रिया र प्रशासनिक दायित्वका प्रावधानहरू चुनौतीपूर्ण रहेको औँल्याएको छ । यस्ता व्यवस्थाले लगानीको सुरक्षा कमजोर बनाउने र सेवा प्रवाहमा प्रतिकूल असर पार्ने संघको निष्कर्ष छ ।
मुलुक अहिले आर्थिक मन्दी, लगानीमा सुस्तता र बेरोजगारीको समस्यासँग जुधिरहेका बेला थप नीतिगत जटिलता सिर्जना गर्नु प्रत्युत्पादक हुने संघले जनाएको छ ।

‘यस्ता व्यवस्था कायम रहे व्यवसाय विस्तारभन्दा पनि संकुचन आउने, लगानी पलायन हुने र बेरोजगारी बढ्ने निश्चित छ,’ विज्ञप्तिमा उल्लेख छ । यसको प्रत्यक्ष असर विद्यार्थी, अभिभावक र समग्र शिक्षा प्रणालीमा समेत पर्ने संघको ठहर छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायलाई तत्काल अर्थपूर्ण संवादमा आउन आग्रह गरिएको छ । विवादित प्रावधानहरूलाई संशोधन गरी व्यवसायमैत्री, व्यावहारिक र कार्यान्वयन योग्य नियमावली तयार गर्न संघले जोडदार माग गरेको छ ।

शिक्षा क्षेत्रको गुणस्तर कायम राख्दै निजी क्षेत्रको लगानी र रोजगारीलाई संरक्षण गर्ने गरी नीतिगत सुधार गर्नुपर्नेमा संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×