मोरङको रंगेलीबाट दुई जना भारतीय नागरिक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १७:१९
सांकेतिक फोटो ।

विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो करिब १ः३० बजेतिर रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडक छेउबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भारत, बिहार राज्य, अररिया जिल्ला, सिक्टी थाना अन्तर्गत बौकाहा मझरा बस्ने २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मकुललाई पक्राउ गरेको छ।

Advertisement

उनीहरू क्रमशः भारतीय नम्बर प्लेटको बीआर ३८ एएच ७१९३ र बीआर ३८ एक्यू ८२४३ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । प्रहरीले मोहम्मद मकुलको साथमा रहेको सेतो प्लास्टिकको पोका चेकजाँच गर्दा प्लास्टिकसहित १०४.२४ ग्राम र प्लास्टिक हटाउँदा १०१ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

बरामद लागूऔषध, दुवै मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी रहेको र घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×