दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १७:५४

इटहरी । इटहरीमा भएको सवारी दुर्घटनामा घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलका कर्मचारी रवीन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत प्राप्त ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी तथा बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बिमा दाबीबापतको रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बिमा रकमले घाइते कर्मचारीलाई आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

सञ्चारकर्मीको सुरक्षालाई प्राथमिकतामा राख्दै नयन मिडिया फाउन्डेसनले निःशुल्क दुर्घटना बिमा कार्यक्रम सञ्चालन गर्नु सराहनीय पहल भएको उल्लेख गर्दै उनले यस्ता अभियानले सञ्चार क्षेत्रमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई थप सुरक्षित, उत्साहित र आत्मविश्वासी बनाउन सहयोग पुग्ने बताए ।

नयन मिडिया फाउन्डेसनले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’को अवसरमा सुनसरीमा क्रियाशील सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बिमा गर्दै आएको छ । फाउन्डेसनका बिमा संयोजक देवराज पुरीका अनुसार चालु वर्ष सुनसरीका ३१४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिएको छ ।

फाउन्डेसनले सञ्चारकर्मीको सुरक्षा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन गरिरहेको उक्त कार्यक्रमले दुर्घटनामा परेका पत्रकार तथा सञ्चारकर्मीलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै पत्रकारिता पेसाप्रति सुरक्षा, विश्वास र मनोबल अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
मिटरब्याजका नक्कली कागजात खारेज गर्ने सरकारको निर्णय
न्यायाधीश वासुदेव आचार्यले सम्हाल्ने छन् विशेष अदालतको नेतृत्व
मोरङको रंगेलीबाट दुई जना भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×