विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १२:०८

विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन् ।

साउन ३ गते उनी पक्राउ परे पनि मोरङ प्रहरीले घटनाका बारेमा शुक्रबार मात्रै जानकारी दिएको हो । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा विमानस्थलको नियमित सुरक्षा जाँचका बेला प्रहरीको नियन्त्रणमा परेका हुन् ।

प्रहरीका अनुसार उनले बोकेको कालो झोलाभित्र १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतका बारेमा सन्तोषजनक विवरण पेस गर्न नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘सुरुमा उहाँ (तामाङ)ले आफ्नो पूरा परिचय लुकाउनु भयो । अनुसन्धान गर्दै जाँदा उपसचिव रहेको थाहा भयो । पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न सक्नु भएन । आवश्यक अनुसन्धान एवं कारबाहीको प्रक्रिया चलिरहेको छ,’ उनले भने ।

तामाङले रकमको स्रोत खुलाउन नसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको कटवालले बताए । स्रोत नखुलेको सम्पत्ति सम्बन्धी कसुरमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको हो । सम्भवतः अनुसन्धान प्रतिवेदन शुक्रबार नै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने उनको भनाइ छ ।

यसअघि असावधानीवश अर्को तस्बिर पर्न गएकाले सच्याइएको छ । स.

तपाइको प्रतिक्रिया
स्वास्थ्य बीमाका लागि पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड
कांग्रेसको शक्ति नै लामो राजनीतिक इतिहास: लामिछाने
कांग्रेसको शक्ति नै लामो राजनीतिक इतिहास: लामिछाने
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×