पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १५:२०

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको बताएका छन् ।

आइतबार दिउँसो फेसबुकमार्फत जानकारी दिँदै खड्काले शुभचिन्तकहरूले तत्काल खबर गरेपछि जाँच गरी आफ्नो अकाउन्ट पुनः सुरक्षित बनाइएको बताएका हुन् ।

ह्याक भएको अवधिमा आफ्नो फेसबुक वालबाट कुनै गलत वा आपत्तिजनक पोस्ट भएको भए त्यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन् ।

खड्काले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘मेरो फेसबुक कसैले केही समय (करिब आधा घण्टा जति) ह्याक गरिदिएको बुझियो । तत्काल शुभचिन्तकहरूले जानकारी गराएकोले चेक गर्न लगाएर ठीक गर्न लगाइयो ।’

उनले उक्त अवधिमा आफ्नो फेसबुकबाट गरिएका कुनै पनि गलत पोस्टप्रति भ्रममा नपर्न तथा त्यसलाई अन्यथा नलिन सबै साथी तथा शुभचिन्तकसँग अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×