सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १४:५२

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलका नेतालाई सामूहिक राजीनामा बुझाएका छन् ।

सरकारमा रहेका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा हस्तान्तरण गरिसकेको पुष्टि गरे ।

Advertisement

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बीच शनिबार प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति बनेपछि आइतबार कांग्रेसका मन्त्रीहरूले यो कदम चालेका हुन् ।

लुम्बिनी सरकारमा कांग्रेसका तर्फबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।

अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी गरेको छ । एमालेबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री आचार्यको नेतृत्वमा यसअघि कांग्रेस-एमाले सहकार्यको सरकार थियो । एमाले र नेकबीच नयाँ सहमति बनेसँगै कांग्रेस अब प्रतिपक्षमा पुग्ने भएको छ ।

तपाइको प्रतिक्रिया
इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×