रास्वपा सभापतिद्वारा सुनसरी घटनाकेन्द्रित सर्वदलीय बैठक आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार ०६:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगन्ज घटनाकेन्द्रित सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठकमा गोलीकाण्डपछि घटनापछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ ।

Advertisement

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै मधेस केन्द्रित दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई समेत बैठकमा सहभागी हुन निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ ।

महामन्त्री आचार्यका अनुसार सभापति लामिछानेले विभिन्न राजनीतिक दलका नेताहरूलाई व्यक्तिगत रूपमा टेलिफोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेका छन् । देवानगन्ज घटनापछि विकसित राजनीतिक तथा सामाजिक परिस्थितिका बारेमा साझा धारणा बनाउन र आगामी कदमका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर गुरु पूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि
सरकारले गर्यो सद्भावको अपिल
रास्वपा सभापतिद्वारा सुनसरी घटनाकेन्द्रित सर्वदलीय बैठक आह्वान
सुनसरी गोलीकाण्डमा प्रधानमन्त्रीको आश्वासन : पीडितलाई न्याय, दोषीलाई कारबाही
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×