‘दोहोरो मापदण्ड अपनाएर सुशासन कायम हुन सक्दैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १५:२४

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कुनै पनि शासकले दोहोरो मापदण्ड अपनाएर मुलुकमा सुशासन कायम गर्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान सरकार पूर्वाग्रही देखिएको र सुशासनको सवालमा दोहोरो मापदण्ड प्रयोग गरिरहेको आरोप लगाए।

Advertisement

सुशासनका लागि आफ्ना र पराया नभनी सबैका लागि समान मापदण्ड लागू गर्नुपर्नेमा उनले जोड दिए। जनतालाई भय र त्रासमा राखेर शासन गर्न खोजिएको भन्दै उनले सरकार अधिनायकवादी र निरङ्कुश शैलीमा अघि बढेको टिप्पणी गरे।

ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रका स्तम्भमाथि प्रहार गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने र संसद्बाट बनेको प्रधानमन्त्री संसद्प्रति नै उत्तरदायी नबन्ने जस्ता काम भइरहेको भन्दै उनले सरकारको कदमप्रति आपत्ति जनाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×