आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १७:४५

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ ।

निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पूरा गरेपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । गिरीलाई मोरङबाट पक्राउ गरी काठमाडौं लगेर अनुसन्धान गरिएको थियो ।

Advertisement

अनुसन्धानका क्रममा गिरीले धम्की, दबाब र आफ्नो प्रभाव प्रयोग गर्दै व्यवसायी श्रेष्ठको घरजग्गा, सवारीसाधन तथा अन्य सम्पत्तिमा कब्जा जमाएको आरोप लगाइएको छ । सीआईबीका अनुसार श्रेष्ठको स्काभेटर ३० लाख रुपैयाँमा कवाडीमा बिक्री गरिएको र टिपर ४० लाख रुपैयाँमा बेचेको भिडियो प्रमाणसमेत अनुसन्धान टोलीले फेला पारेको छ ।

अभियोगपत्रअनुसार श्रेष्ठ कन्स्ट्रक्सन प्रालिको नबिल बैंकको खाली चेक जबरजस्ती लिएर त्यसमा ५ करोड ४५ लाख ६० हजार ५०५ रुपैयाँ भरेर ठगीको प्रयास गरिएको थियो । यस्तै, हेटौंडास्थित जग्गाको बैना रकम १ करोड ३० लाख रुपैयाँ पनि गिरीले कब्जा गरेको आरोप छ ।

विश्वासघातका कारण नबिल बैंकले फोर्स लोनमार्फत १३ करोड ८७ लाख १५ हजार ५ सय रुपैयाँ असुल गरेको दाबी पनि अभियोगपत्रमा गरिएको छ । त्यसबाहेक बुढानीलकण्ठस्थित करिब ३ करोड ८७ लाख रुपैयाँ मूल्यको घरजग्गा, पानी ट्यांकर, टिपर, ग्रेडरसहितका निर्माण उपकरणसमेत गिरीले आफ्नो नियन्त्रणमा लिएको आरोप छ ।

श्रेष्ठले जिम्मा लिएको हुलाकी राजमार्गअन्तर्गत कटहरी खण्डको पेटी ठेक्का गिरीले लिएका थिए । तर, निर्धारित समयमा काम सम्पन्न नगरेपछि उक्त ठेक्का रद्द भएको जनाइएको छ ।

गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद सजाय भोगेर २०७९ चैत ५ गते कारागारबाट रिहा भएका थिए । कारागारबाट छुटेपछि पनि उनले धम्की र प्रभावका आधारमा ठगी तथा आपराधिक विश्वासघातका गतिविधि जारी राखेको अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताए ।

अनुसन्धानका अनुसार गिरीले विभिन्न व्यक्तिसँग आफ्नो उच्च पहुँच रहेको दाबी गर्दै ठेक्का मिलाइदिने प्रलोभन देखाएर व्यवसायी श्रेष्ठलाई आर्थिक रूपमा ठगी गरेका थिए । मोरङ कारागारका कैदीबन्दीको भत्ता तथा श्रमबापतको रकम असुलेको आरोपमा गिरी असार १३ गते विराटनगर महानगरपालिका–८ स्थित निवासबाट पक्राउ परेका थिए ।

उक्त घटनासम्बन्धी अनुसन्धान भए पनि त्यस विषयको मुद्दा भने हालसम्म अदालतमा दर्ता भएको छैन । उच्च अदालत विराटनगरको आदेश अनुसार जिल्ला अदालत मोरङले छाड्न आदेश दिएपछि छुटेका गिरीलाई सीआईबीले नियन्त्रणमा लिँदै काठमाडौं लगेर अनुसन्धान गरेको थियो ।

तपाइको प्रतिक्रिया
अग्रज पत्रकार पुष्पराज थपलियालाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरले नेपालको चुनौती पेस गर्ने
शेखरले एसियाली आईटीएफ खेल्ने
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइयो
विराटनगरमा भव्य सद्भाव र्‍याली : ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीविरुद्ध मुद्दा दायर, २१ करोडभन्दा बढीको बिगो दाबी
कप्तानगन्ज गोलीकाण्डका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगियो
मोरङको रतुवामाईमा मिनी ट्रकबाट एक मेट्रिक टनभन्दा बढी गाँजा बरामद
सरकार योजनाबद्ध रूपमा लागिपरेको छ : प्रधानमन्त्री
सद्भाव राख्न कोशी प्रदेशसभाका सभामुखको अपिल
गृहमन्त्रीले छाडे विराटनगर, सिरहा प्रस्थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.