एक जनाको हत्या, मन्दिर परिसरमा भेटियो शव

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १५, शुक्रबार १०:१०

जनकपुरधाम । हत्या भएको अवस्थामा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरचोकस्थित शिव–हनुमान मन्दिर परिसरमा एक जनाको शव फेला परेको छ । शुक्रबार बिहान घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

मृतक धनुषाको हंसपुर नगरपालिका–३ का अन्दाजी ४० वर्षीय बन्ठु राउत गडेरी रहेको प्रहरीले जनाएको छ । स्थानीयले बिहान मन्दिर परिसरमा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल रगत लतपतिएको अवस्था रहेको र आक्रमणबाट जोगिन प्रयास गरेको संकेतसमेत भेटिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाँटी रेटेर हत्या गरिएजस्तो देखिन्छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा प्रमाण संकलन गर्ने काम सुरु गरेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र हत्यामा संलग्नको पहिचान भइनसकेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसूधन न्यौपानेले बताए ।

उनका अनुसार हत्यामा संलग्नको खोजी तीव्र पारेर अनुसन्धान अघि बढाइएको छ । स्थानीयका अनुसार गडेरी केही दिनअघि मात्रै भारतको पञ्जाबबाट आएका थिए । दिनभर ज्याला मजदुरीको काम गरी राति मन्दिरमै बास बस्ने गरेको स्थानीयको भनाइ छ ।

यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्याइएको छ । स.

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×