कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १३:५५

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निरन्तरतालाई लिएर आन्तरिक छलफल र रस्साकस्सी तीव्र बनेको छ ।

यसअघि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओली मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिन सहमत भएको बताइए पनि पछिल्लो समय पार्टी नेतृत्व मुख्यमन्त्री फेर्ने पक्षमा उभिएको स्रोतको दाबी छ ।

Advertisement

स्रोतका अनुसार अध्यक्ष ओलीले कोशी प्रदेश इन्चार्ज एवं पार्टी सचिव शेरधन राईलाई यस विषयमा समन्वय गर्ने जिम्मेवारी दिएका छन् । सोही क्रममा दुई दिनदेखि विराटनगरमा रहेका राईले मुख्यमन्त्री कार्कीसँग भेट गरी पार्टी नेतृत्वको चाहनाबारे जानकारी गराएका थिए । छलफलका क्रममा राईले पदबाट मार्गप्रशस्त गर्न आग्रह गरे पनि मुख्यमन्त्री कार्कीले भने तत्काल राजीनामा नदिने अडान राखेका छन् ।

नेपालको संविधानको धारा १६८ ९५० बमोजिम मुख्यमन्त्री बनेका कार्कीले यो उपधारा सरकार गठनको अन्तिम संवैधानिक विकल्प भएकाले राजीनामा दिँदा प्रदेशमा संवैधानिक संकट आउन सक्ने तर्क गर्दै आएका छन् । साथै यस्ता विषयमा पार्टीको सचिवालय बैठकबाटै औपचारिक निर्णय हुनुपर्ने उनको भनाइ छ ।

पार्टीभित्रको आन्तरिक समीकरण र शक्ति सन्तुलनका कारण सिर्जित यो परिस्थितिमा राजनीतिक स्थायित्व र संवैधानिक जटिलतालाई ध्यानमा राखेर हालका मुख्यमन्त्रीहरूलाई नचलाउने पक्षमा केही शीर्ष नेताहरू उभिएका थिए । तर, पछिल्ला घटनाक्रमले कोशी प्रदेशको सत्ता समीकरण र एमालेको आन्तरिक राजनीतिलाई थप पेचिलो बनाएको छ ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिएमा अगाडि बढ्ने विकल्प र संसदीय दलभित्रको अंकगणितबारे समेत शीर्ष तहमा छलफल भइरहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
तालमा हराएको बिहेको औंठी ‘मेटल डिटेक्टर’को मद्दतले भेटियो
एकसाथ आयो दुई नयाँ म्युजिक भिडियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.