
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारको सत्ता गठबन्धन र गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा राप्रपा कुनै पनि प्रदेश सरकार गठनको जोडघटाउमा नलाग्ने स्पष्ट पारे। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर नै प्रदेश सरकार गठन गर्नुपर्ने धारणा राखे।
प्रदेशमा सरकार फेरबदलको गतिविधिमा राप्रपा लालायित नरहेको उल्लेख गर्दै लिङ्देनले आवश्यक परे उपयुक्त समयमा उपयुक्त निर्णय लिने अधिकार अध्यक्षलाई दिइएको जानकारी दिए।

























