‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १३:४४

काठमाडौं । नवगठित जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर राणाले आफूहरूले हिन्दू अधिराज्य, संवैधानिक राजसंस्था र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन्। काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका नीति र प्राथमिकता सार्वजनिक गरेका हुन्।

राणाले आफूहरूले सक्रिय नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना चाहेको स्पष्ट पारे। नेपाललाई धर्मनिरपेक्ष बनाउने निर्णय गलत भएको दाबी गर्दै उनले सडक र संसद दुवै माध्यमबाट शान्तिपूर्ण रूपमा हिन्दू अधिराज्य फर्काउन पहल गर्ने बताए। पार्टीले सनातन धर्मका साथै किराँत, बौद्ध लगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति लिने उहाँको भनाइ छ।

Advertisement

आगामी साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गराउने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष राणाले केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गरिने बताए। पार्टीलाई युवा र महिला केन्द्रित बनाउँदै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिइने उनले उल्लेख गरे।

व्यक्तिगत स्वेच्छाचारिताको अन्त्य गर्दै सर्वसम्मत वा बहुमतका आधारमा निर्णय गरिने र कार्यकर्ताहरू आन्तरिक रूपमा सन्तुष्ट रहने ‘खुसी पार्टी’ बनाउने दाबी पनि उनले गरे।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.