एभरेस्ट स्कुलका ५१ विद्यार्थी स्काउटमा दीक्षित

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १७:४६
एभरेस्ट स्कुलका ५१ विद्यार्थी स्काउटमा दीक्षित

विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलको एभरेस्ट स्काउट ट्रुपले बुधबार एक विशेष समारोहका बीच ५१ जना विद्यार्थीलाई दीक्षित गरेको छ । नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्ययतामा सो दीक्षान्त समारोह सम्पन्न भएको हो ।

समारोहमा सदस्यता तहका ३० छात्रा र १० छात्र गरी ४० जना तथा बीपी पीक तहका ११ जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीहरूलाई स्काउट लिडरहरूले शपथ ग्रहण गराएका थिए ।

Advertisement

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले स्काउटको पहिचान स्कार्फ र युनिफर्ममा मात्र सीमित नहुने बताए । उनले भने, ‘स्काउटले अनुशासन, मेहनत, संस्कार र सहयोगको भावना व्यवहारमा देखाउनुपर्छ । स्काउटमा लागेका विद्यार्थीले आफ्नो अध्ययनलाई अब्बल बनाउँदै दैनिक कम्तीमा एउटा असल काम गर्नुपर्छ ।’

विद्यालयका प्रिन्सिपल तथा एभरेस्ट ट्रुपका इकाई अध्यक्ष टीकाराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले स्काउटलाई जीवनोपयोगी सीप सिकाउने थलोको रूपमा व्याख्या गरे । प्रिन्सिपल पुरीले समय, भूगोल र आवश्यकता अनुसारका नयाँ सीपमूलक कार्यक्रम ल्याउन स्काउट नेतृत्वलाई आग्रह गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा स्काउटका स्थानीय तह प्रमुख नवीन पहाडी, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदीप कोइराला र अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोल लगायतको उपस्थिति थियो । एभरेस्ट स्कुलमा हाल ८६ जना विद्यार्थी स्काउटमा आबद्ध रहेको जानकारी सो अवसरमा दिइएको थियो ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×