कोशीमा मन्त्रालयको संख्या बढाउन लागिएको हो ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १२:३६

विराटनगर। सरकार पुनर्गठनसँगै कोशीमा मन्त्रालयको संख्या बढाउने चर्चा भइरहेको छ। नयाँ राजनीतिक समीकरणसँगै भागबण्डा मिलाउनुपर्ने बाध्यताका बीच मन्त्रालयको संख्या थपिने भन्ने चर्चासँगै कतिपयले आलोचना पनि गरिरहेका छन्।

यसैबीच, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने कोशी प्रदेशमा मन्त्रालयको संख्या नबढाउने स्पष्ट पारेका छन्। सत्ता गठबन्धनमा फेरबदल भएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ।

Advertisement

कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीको सहभागिताबारे शुक्रबारसम्म टुंगो लगाउने गरी छलफल भइरहेको छ।

अब नेपाली कम्युनिस्ट पार्टी सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला मन्त्रालय फुटाउन लागिएको चर्चालाई मुख्यमन्त्री कार्कीले खण्डन गरेका हुन्।

कोशी प्रदेश सरकारमा नौवटा मन्त्रालय छन्। मुख्यमन्त्री कार्कीका अनुसार सरकार पुनर्गठन भए पनि यो संख्या बढ्दैन। बाहिर चलिरहेको चर्चा र हल्ला सत्य नभएको दाबी पनि उनले गरेका छन्।

कोशी प्रदेश सरकारले मन्त्रालयको संख्या नबढाए पनि भइरहेका मन्त्रालयको कार्य जिम्मेवारीमा भने हेरफेर गर्ने तयारी गरिएको छ। कतिपय मन्त्रालयको जिम्मेवारी अन्यत्र स्थानान्तरण गरेर कार्यक्षेत्र थप सान्दर्भिक बनाउने विषयमा छलफल भइरहेको मुख्यमन्त्री कार्कीले बताए।

सरकारले पर्यटन र उद्योग मन्त्रालयलाई एकै ठाउँमा तथा कृषि र सिँचाइलाई एउटै मन्त्रालय मातहत ल्याउन चाहेको भए पनि यसमा ठोस निर्णय भने भइसकेको छैन।

तपाइको प्रतिक्रिया
बाल सुधारगृहसम्बन्धी छुट्टै ऐन बनाउन संसदीय उपसमितिको सुझाव
एमाले कार्यदलको प्रतिवेदन: असोजमा प्रतिनिधि परिषद् र विधान महाधिवेशन गर्ने प्रस्ताव
जापानिज इन्सेफ्लाइटिसबाट झापामा ५ जनाको मृत्यु
शक्ति प्राप्तिका लागि होइन, राष्ट्रिय एकताका लागि फर्किएको हुँ: देउवा
स्वदेश फर्किए देउवा
‘समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु अनुचित’
कोशीमा मन्त्रालयको संख्या बढाउन लागिएको हो ?
त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा
बुलेट ट्रेनको कीर्तिमान: ५ सेकेन्डमै ८०० किमी प्रतिघण्टाको गति
पत्रकार श्रेष्ठको पक्राउप्रति मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहा गर्न माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.