शिक्षा ऐनबारे प्रदेशगत छलफल, पहिलो संवाद विराटनगरमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १०:५३

विराटनगर। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग प्रत्यक्ष छलफल सुरु गरेको छ। मन्त्रालयले सञ्चालन गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम शनिबार कोशी प्रदेशको विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको छ।

अभियानअन्तर्गत सातै प्रदेशका प्रमुख शहरहरूमा छलफल आयोजना हुनेछ। जसअनुसार कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा संवाद कार्यक्रम चलाइनेछ।

Advertisement

विराटनगरको कार्यक्रममा शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायतको सहभागिता रहेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य सरोकारवालाहरूबाट सुझाव र धारणा संकलन गर्ने मन्त्रालयले जनाएको छ।

शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त व्यावहारिक सुझावहरूलाई नीति निर्माणमा समेट्ने उद्देश्यले यो अभियान थालिएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.