चोरी भएको ८ लाख मूल्यको तामाको तार पोखरीमा फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ०७:५७

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ मा रहेको श्याम सिमरन मेटल इन्डष्ट्रिबाट तामाको तार चोरी भएको छ । साउन ३१ गते राति उद्योगको मुख्य सटरको ताला फुटाएर करिब ८ लाख रुपैयाँ बराबरको ३११ केजी कच्चा क्वायल तामाको तार चोरी भएको प्रहरीले जनाएको छ ।

तेलको टिन बनाउने उक्त फ्याक्ट्रीमा चोरी भएको जानकारी भदौ १ गते दिउँसो ४ः३० बजेतिर प्रहरीलाई प्राप्त भएको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी कटहरीको टोली अनुसन्धान र खोजीका लागि खटिएको थियो ।

Advertisement

खोजी गर्ने क्रममा कटहरी गाउँपालिका–२ स्थित दिलीप श्रेष्ठको पोखरीको पानीभित्र लुकाई छिपाइ राखेको अवस्थामा उक्त चोरी भएको सबै सामान फेला पारिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान प्रहरी चौकी कटहरीमा राखिएको छ भने चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.