बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १७:५७
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचार बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेका छन् । नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, आफन्त गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिक आश्रय लिइरहेकाले उनीहरूको तस्वीर, भिडियो र व्यक्तिगत विवरण सार्वजनिक गर्दा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका हुन् ।

मन्त्री तिमिल्सिनाले विपद्को वास्तविकता बाहिर ल्याउनु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि पीडितको गोपनीयता, सुरक्षा र आत्मसम्मानको सम्मान गर्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको बताए । सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न तथा उद्धार र राहत कार्यमा अवरोध नपुग्ने गरी समाचार संकलन गर्न पनि उनले आग्रह गरे ।

Advertisement

विशेषगरी बालबालिकाको पहिचान खुल्ने तस्वीर तथा भिडियो सहमतिबिना सार्वजनिक नगर्न र भयावह तथा हृदयविदारक दृश्य पोस्ट वा रिपोस्ट नगर्न मन्त्रालयले आग्रह गरेको छ । अपुष्ट तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जित भ्रामक सामग्री नफैलाउन र विपद्सम्बन्धी समाचारमा गृह मन्त्रालय, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक स्रोतलाई प्राथमिकता दिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा (सूचीसहित)
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलको पूजाआराधना
बाढीमा बेपत्ता मोरङका मामा भान्जाको कुशको शव बनाएर अन्त्येष्टि
मोरङ कारागारभित्रको गुटबन्दी विस्फोट : १९ कैदीबन्दीलाई सातवटा कारागारमा स्थानान्तरण गरिँदै, को–को हुन् ‘बी ब्लक’ कब्जा गर्नेहरु ?
बाढीबाट ५३ झोलुंगे पुलमा क्षति, २० वटाको मर्मत सुरु
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
बाढी पीडितका तस्बिर र भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह
विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगे ओली
भोटेकोशी बाढीः थप १५५ नेपाली चीनबाट तातोपानी नाका हुँदै फर्किए
भदौ २२ र २३ गते राहदानी सेवा नियमित सञ्चालन हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×