बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १५:३३

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणको काममा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै आईजीपी कार्कीले प्रहरीले गरिरहेको खोजी तथा उद्धार, शव व्यवस्थापन, घटनास्थल मुचुल्का र राहत वितरणलगायतका कामबारे जानकारी लिएका थिए ।

Advertisement

अनुगमनका क्रममा उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग विपद् व्यवस्थापन, उद्धार तथा खोजीलाई थप प्रभावकारी बनाउने विषयमा छलफलसमेत गरे । राहत वितरणलाई व्यवस्थित, पारदर्शी र आवश्यकताका आधारमा अघि बढाउन स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न उनले निर्देशन दिए ।

विपद्को कठिन अवस्थामा सुरक्षाकर्मीले उच्च मनोबलका साथ काम गर्नुपर्ने भन्दै कार्कीले आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको अधिकतम प्रयोग गरी सम्पर्कविहीनको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।

उनले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार र हिंसाप्रति विशेष संवेदनशील हुन पनि प्रहरीलाई निर्देशन दिएका छन् । विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउनुपर्ने उनको भनाइ थियो ।

बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र कतिपय शव अझै पहिचान हुन बाँकी रहेको अवस्थामा खोजी तथा उद्धारसँगै शव व्यवस्थापन र पीडित परिवारलाई राहत तथा सहायता पुर्‍याउने काम पनि चुनौतीपूर्ण बनेको छ । अनुगमनमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकारीहरू पनि सहभागी थिए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा राधाकृष्ण रथयात्रा, मुलुकी खबरबाट लाइभ
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×