पाथीभरामा एकै दिन ४ हजारभन्दा बढी भक्तजन

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १६:४८

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा शनिबार एकै दिन ४ हजार ३०७ जना भक्तजनले पूजाअर्चना गरेका छन् ।

पाथीभरा क्षेत्र संरक्षण समितिका राजेन्द्र महतका अनुसार शनिबार दर्शनका लागि आएका भक्तजनले मन्दिरमा पूजापाठ गरेका हुन् ।

समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्छन् ।

धार्मिक आस्थाको केन्द्र मानिने पाथीभरामा विशेषगरी दसैँ, तिहारलगायत चाडपर्व र अन्य धार्मिक अवसरमा दर्शनार्थीको चहलपहल बढ्ने गरेको छ ।

यहाँ पुग्ने भक्तजनले देवीको दर्शनसँगै मनोकामना पूरा हुने धार्मिक विश्वास राख्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×