सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १८:४०
सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास, भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा  ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को औपचारिक शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आइतबार संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले नयाँ पुस्ता (जेनजी) को माग र भावनालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामीले परिवर्तनका लागि जे कसम खाएका छौँ, त्यसलाई दृढताका साथ पूरा गर्नेछौँ ।’

Advertisement

गत वर्ष भदौ २३ गते भएको  ‘जेनजी आन्दोलन’ को सम्झनामा यो स्मारक निर्माण गर्न लागिएको हो । सोही आन्दोलनको बलमा तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । त्यसपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट वर्तमान सरकार गठन भएको हो ।

सरकारले जेनजी आन्दोलन र सहिदहरूको सम्मानमा भदौ २३ गतेलाई  ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ २३ गते देशभर सार्वजनिक बिदा दिइएको छ ।

संसद् भवन परिसरमा बन्ने यस स्मारकले आन्दोलनको उपलब्धि र सहिदहरूको योगदानलाई जीवन्त राख्ने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ कारागारमा पुनः झडप, थप १८ कैदीबन्दी अन्य जिल्लामा स्थानान्तरण
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी विपत्तिबाट पाठ सिक्दै योजना बनाउँछौँ: मन्त्री आचार्य
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरद्वारा १ करोड १ हजार सहयोग
प्रमाण नष्ट गर्न खोजेको आरोपमा स्ववियु सभापति यादव पक्राउ 
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
यस्तो छ कोशीमा एमाले र नेकपाको न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)
'हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ' (सम्बोधनको पूर्णपाठ)
‘हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ’ (सम्बोधनको पूर्णपाठ)
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु
भोटेकोशीले खोस्यो छोरी–नातिनी, विराटनगरबाट बाटो हेर्दै ८४ वर्षीया आमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×