
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
यस्तै, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रिय महत्वका विभिन्न विषयमा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

























