काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (बुधबार) अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा समसामयिक विषयसहित विभिन्न विषयमा छलफल हुने सचिवालयले जनाएको छ।